बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ घर भई सोही स्थानमा बस्ने ४३ वर्षीय सुनिल दवाडी रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दवाडीलाई फागुन २३ गते ललितपुर महानगरपालिका-५ भनिमण्डपबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार दवाडीविरूद्ध २५ लाख रुपैयाँको बैंकिङ कसुरको उजुरी थियो।
दवाडीलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको आचार्यले बताए।
यस्तै, कार्यालयले बैंकिङ कसुरकै फरार प्रतिवादी सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरेलाई पक्राउ गरेको आचार्यले बताए।
उनलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट फागुन २३ गते पक्राउ गरिएको आचार्यले बताए। उनीविरूद्ध १५ लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरको उजुरी कार्यालयमा परेको थियो।
घिमिरेलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ।
Facebook Comment