न्यूजील्याण्डले फाइनलमा भारतलाई दियो २५२ रनको लक्ष्य

डिसी नेपाल
२५ फागुन २०८१ १८:४४

काठमाडौं । न्यूजील्याण्डले च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई २५२ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको हो।

न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए।

त्यसैगरी  भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *