पीताम्बर अवस्थीको कृष्णसिंह पेलाद्वारा अनुवादित ‘नारी, भ्रान्ति र समाधान’ पुस्तक लोकार्पण

काठमाडौं । साहित्यकार कृष्णसिंह पेलाद्वारा हिन्दीबाट नेपाली भाषामा अनुवादित एक पुस्तकको लोकार्पण गरिएको छ। ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत उत्तराखण्ड पिथौरागढका वरिष्ठ साहित्यकार डाक्टर पीताम्बर अवस्थीको हिन्दी भाषामा लिखित ‘महिलाएं भान्तियां व समाधान’को नेपाली अनुवात ‘नारी, भ्रान्ति र समाधान’ पुस्तकको लोकार्पण गरिएको हो।
पुस्तकको भागवत बाचिका राधिका दासीले फागुन २१ देखि धनगढीको पशुपतिटोलमा सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको विशेष समारोहमा विमोचन गरेकी हुन्।
विमोचन कार्यक्रममा दुबै सर्जक डाक्टर पीताम्बर र कृष्णसिंहको उपस्थिति रहेको थियो। पुस्तकमा भारतीय समाजमा महिलामाथि सदियौंदेखि हुँदै आएका विभेद, उत्पिडन र उपेक्षाविरूद्ध समाज, परिवार र सरकारलाई आवाज उठाउन तथा समयानुकूल परिवर्तन र सुधारतिर अग्रसर हुन मार्गदर्शन गर्ने विषय समेटिएका छन्।
नेपाली र भारतीय समाजका संस्कृति, रीतिरिवाज, परम्परा र रहनसहन साझा छन्। त्यसैले यस पुस्तकले दिने सन्देश नेपाली समाजका लागि पनि उत्तिकै उपयोगी हुने लेखक अवस्थीले बताए।
विमोचन समारोहमा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय, मदनपुरस्कार विजेता रामालाल जोशी, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, उपाध्यक्ष रूपा स्वार, महासचिव गणेश नेपाली, कोषाध्यक्ष दुर्गा मल्ल, सदस्य नवराज ओझा, भारत पिथौरागढका योगेश्वर श्रीकृष्ण मन्दिरका पुजारी मञ्जुला अवस्थी उपस्थित थिए। नेपाली भाषामा अनुदित कृतिको प्रकाशक सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढी रहेको छ।
Facebook Comment