भारतको मुम्बईमा पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जनाको मृत्यु

डिसी नेपाल
२५ फागुन २०८१ २०:२२

काठमाडौं । भारतको मुम्बईको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ।

मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन्।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का अधिकारीहरूका अनुसार घटना दिउँसो १२:३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *