बिमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

डिसी नेपाल
२५ फागुन २०८१ २१:३९

कास्की । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन्।

न्यूरोड स्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो। आगलागी हुदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

त्यस घटना पश्चात पसल धनि रमेश शर्मा लोहारले ९४ लाख क्षेति भएको भनी गत १७ गते वडा प्रहरी कार्यालय वैदाममा निवेदन दिएका थिए।

घटनाको बारेमा अध्ययन गर्दा शिखर ईन्स्योरेन्स कम्पनीमा एक करोड बराबरको विमा गरेको पाइएपछि घटना शंकास्पद लागेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।

उनका अनुसार कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा ईन्सुरेन्स गराएको रकम दाबी गरी रकम लिने दुषित मनसायको साथ आफ्नै पसलमा शर्माले आगोलागी गरेका पाइएको बताए।

उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *