राप्रपालाई काठमाडौं महानगरको एक लाख जरिवाना

डिसी नेपाल
२५ फागुन २०८१ २१:५२

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुर्‍याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

आइतबार राप्रपाले पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशालालगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी, आइल्याण्ड, तथा त्यहाँ रहेका बिरुवा र रेलिङमा क्षति पुर्‍याएको भन्दै महानगरले जरिवाना तोकेको हो। उनीहरूले जथाभावी फोहोर फालेर वातावरण प्रदूषणसमेत गरेको महानगरले जनाएको छ।

महानगर प्रहरी बलका निरीक्षकद्वारा जारी पत्रमा उल्लेख भएअनुसार, फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ को आधारमा कारबाही गरिएको हो। यसअनुसार, राप्रपालाई एक लाख जरिवाना तिर्न महानगरपालिकाले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *