भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

डिसी नेपाल
२५ फागुन २०८१ २२:११

काठमाडौंं । भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ। आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो।

न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउदै पुरा गरेको थियो।

भारतको जितमा कप्तान रोहित शर्माले सर्बाधिक ७६ रन बनाएका थिए भने श्रेयस अय्यरले ४८, केएल राहुलले अविजित ३४, शुभमन गिलले ३१, अक्सर पटेलले २९ र हार्दिक पाण्डेयले १८ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २५१ रन बनाएको थियो । न्यूजील्याण्डका लागि डार्यल मिचेलले सर्बाधिक ६३ रन बनाए भने माइकल ब्रासवेलले अविजित ५३ रन बनाएका थिए। त्यस्तै रचिन रविन्द्रले ३७, ग्लेन फिलिपले ३४, विल योंगले १५, टम लाथमले १४ रन बनाएका थिए।

त्यसैगरी  भारतीय बलरवरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए भने मोहमद शामी र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए।

योसहित भारतले तेस्रो पटक आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । भारतले यसअघि २००२ र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । यस अघि सन् २००० च्याम्पियन्स ट्रफी जितेक न्यूजील्याण्ड भने दोस्रो पटक उपविजेता बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *