गेटाफेसँग हार्याे एटलेटिको म्याड्रिड

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत उपाधि दौडमा रहेको एटलेटिको म्याड्रिड गेटाफेसँग पराजित भएको छ। आइतबार राति सम्पन्न खेलमा गेटाफेले एटलेटिको म्याड्रिडमाथि २-१ गोल अन्तरको रोमान्चक जित हासिल गरेको हो।
गेटाफेको जितमा दुवै गोल माउरो अरामबारीले गरेका थिए। उनले खेलको ८८औ र ९२औ मिनेटमा गोल गरेका थिए।
यसअघि एटलेटिकोका लागि एलेक्जान्डर सोरलोथले खेलको ७५औं मिनेटमा गोल गरेका थिए। यस खेलमा खेलको ८८औ मिनेटमा एन्जल कोरियाले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सीमित भएको थियो।
यो हारपछि एटलेटिको म्याड्रिडको २७ खेलमा ५६ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। त्यस्तै गेटाफेको २७ खेलमा ३३ अंक भएको छ र लिगमा ११औ स्थानमा उक्लिएको छ।
प्रतिक्रिया
Facebook Comment