नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’

डिसी नेपाल
२६ फागुन २०८१ ८:५१

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ ।

नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व स्थानीय उपभोक्ता समितिलाई अभिमुखीकरण सम्पनन गरेको छ भने सञ्चालित योजनाको नियमित अनुगमन गरिएको जनाएको छ ।

नगर रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त रोजगार कार्यक्रममा नगरभित्र बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा ११ वटै वडामा अभिमुखिकरण गरिएको केन्द्रका संयोजक अमृत खनालले जानकारी दिए।

खनालका अनुसार कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालानार्थ तालिम प्रदायक छनोट भई ४० बेरोजगार सूचीमा सूचीकृत व्यक्तलाई आउँदो चैत २ गतेबाट प्लम्बर र डकर्मीसम्बन्धी तालिम सञ्चालन गरिने छ ।

यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगार व्यक्तिलाई एक सय दिनको रोजगारी प्रदान गरिएको केन्द्रले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *