डा. मदन भट्टराईको चौथो कृति ‘नेपालको परराष्ट्र सम्बन्ध’ सार्वजनिक

डिसी नेपाल
२६ फागुन २०८१ १२:१६

काठमाडाैं। पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईद्वारा लिखित पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध: संक्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ काठमाडौंमा सार्वजनिक गरिएको छ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, टिप्पणीकारहरू पत्रकार कनकमणि दीक्षित, त्रिभुवन विश्वविद्यालयका पूर्व डीन प्रा. डा. कुशुम शाक्य, कूटनीतिज्ञ प्रा. डा. मोहनप्रसाद लोहनी र डा. मदन भट्टराईले सामूहिक रूपमा सर्वाजनिक गरेको पुस्तक इम्प्रिन्ट पव्लिसर्सले प्रकाशन गरेको हो।

नेपालको कूटनीतिलाई केन्द्रमा राखेर समग्र पक्षबाट वस्तुगत विशलेषणसहित सरल भाषामा लेख्ने प्रयत्न गरिएको यो पुस्तक डा. भट्टराईको चौथो कृति हो।

सिद्धान्ततः सबैले बुझेको ठान्ने तर व्यवहारमा कमैले राम्ररी ठम्याएको विषय हो- नेपालको कूटनीति। यस पुस्तकमा कूटनीतिजस्तो अति संवेदनशील विषयलाई फूल र काँडाका रूपमा नहेरी केवल फूल सरह हेर्ने अनौठो शैली अवलम्बन गरिएको छ।

नेपालको बाह्य नीतिसँग सोझो वा घुमाउरो सम्बन्ध राख्ने विषय र व्यक्तिको सबल/दुर्बल पक्षको मिहीन विश्लेषण गर्ने क्रममा यस पुस्तकले मुलुकको पहिलो परराष्ट्र सचिव नरेन्द्रमणिसँग जोडिने समष्टिगत पक्षलाई परराष्ट्र मामिला अध्ययनका रूपमा सप्रसंग उतारेको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि र महाविद्यावारिधि गरेका व्यक्ति हुन्, पुस्तकका लेखक डा. मदनकुमार भट्टराई।

ऐतिहासिक दस्तावेजको प्राज्ञिक अध्ययन र अनुसन्धान तथा विशिष्ट व्यक्तिहरूसँगको अन्तरक्रिया गर्न रुचि राख्ने भट्टराईको यो पुस्तक शृङ्खलात्मक अभिव्यक्तिका क्रमको चौथो प्रस्तुति हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *