सुनसरी समाज यूएईको रक्तदान कार्यक्रम

सचिन्द्र श्रेष्ठ
२६ फागुन २०८१ १३:४२

दुवई। सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता संघ युएईको सह-आयोजनामा यूएईको दुबईमा अल कुबेत अस्पतालसँगको सहकार्यमा बृहत खुला रक्तदान सम्पन्न गरेको छ। रक्तदान दुबईस्थित अल कूबेत हस्पिटल खलीज देराकै परिसरमा गरिएको हो।

सुनसरी समाज यूएईका बिन्दु भट्टराईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा रक्तदातालाई निशुल्क परामर्श सहित खाजाको व्यवस्था गरिएको थियो। कार्यक्रममा युएईमा बसोबास गर्ने नेपाली/बिदेशी दाजु भाई, दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी,सामाजिक संघ संस्था लगायतको उपस्थिति रहेको थियो।

संयोजक भट्टराईले रक्तदान मानव जीवनको अत्यन्तै पुण्य काम रहेको बताए । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।उनले भने-‘पहिलो पटक यस रक्तदान कार्यक्रमको उपस्थितिले अझै बृहत रुपमा रक्तदान कार्यक्रम थप प्रभावकारी ढंगले लिएर जाने समेत बताइन।’

संस्थाका संस्थापक अध्यक्ष रोहित बस्नेतले भने-‘हामिले बिगतमा संस्था मार्फ़त बिभिन्न रचनात्मक, खेलकूद ,शिक्षा सम्बन्धी कार्यकम गरी रहेको थियौ तर यस पटक रमजान जस्तो पबित्र महिनामा रक्तदान जस्तो मानब सेवामुखी कार्यक्रम गर्न पाएकोमा खुसी ब्यक्त गरे।

‘सुरक्षित प्रवास,समृद्ध समाज हाम्रो अभियान’ भन्ने नाराका साथ सन् २०१८ मा यूएईमा सुनसरी समाज यूएईको स्थापना भएको हो र सोही अनुरूप मार्च ९ मा सम्पन्न रक्तदान कार्यक्रममा कूल ४२ जना रक्तदाताले रक्तदान गर्नुका साथै प्रमाणपत्र समेत बितरण गरेका थिए।

कार्यक्रममा नेपाली रक्तदाता संघ यूएईका संरक्षक तथा केन्द्रीय कोषाध्यक्ष सुनील श्रेष्ठले हाम्रो संघले पनि बिगतमा दुई पटक भब्य कार्यकम गरि सकेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने र अन्य संघ संस्थालाई समेत सहयोग गर्ने कुरा व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *