परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

डिसी नेपाल
२६ फागुन २०८१ १६:०५

काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। डा. राणा सोमबार त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उडेकी हुन्। उनी भारतमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएको उनको सचिवालयले जनाएको छ।

मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम छ।

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ।

भारतमा रहँदा राणाले भारतीय प्रधानन्त्ती नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिने बताइएको छ। नेपालले जेठमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि मोदीलाई निम्ता दिने उनको तयारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *