प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरुको चलखेलविरुद्ध एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान

डिसी नेपाल
२६ फागुन २०८१ १६:४३

काठमाडौं। नेकपा एकीकृत समाजवादीले गणतन्त्र विरुद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरुको चलखेलविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ। सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले राजावादी लगायत प्रतिगमनकारी र पुनरूत्थानवादीहरुले गणतन्त्रविरुद्ध चलखेल गरेको भन्दै यसकाविरुद्ध एकताबद्ध हुन आह्वान गरेको हो।

जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्धको गतिविधिको विरोध गर्दै गणतन्त्रशक्तिहरुलाई एकतावद्ध हुन अपिल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै आफ्ना काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको उनले बताए।

यसैगरी बैठकले आगामी चैत १ गते बृहत पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए।

उनले पार्टीले गर्न लागेको आन्दोलनमा ऐक्यबद्धता जनाउन आमसमूदायमा अपिल गर्ने निर्णय गरेको बताए। ज्वालले मशानघाटमा पुगेको राजसंस्था विउतिने कुनै सम्भावना नरहेको धारणा राखे। उनले परिवर्तनका विरुद्ध हुने चलखेल कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *