हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य

डिसी नेपाल
२६ फागुन २०८१ १९:०५

काठमाडौं। हङकङ चाइनाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको हो।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाइन् भने मारिको हिलले २१ रन बनाइन् ।

त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २/२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक/एक विकट लिए।

यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *