नेपाल हङकङ चाइनासँग २ रनले पराजित

डिसी नेपाल
२६ फागुन २०८१ २०:३९

काठमाडौं। नेपाल हङकङ चाइनासँग २ रनले पराजित भएको छ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै ९८ रन मात्र बनाएपछि नेपालले खेल २ रनले हारेको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बार्वाधिक ३२ रन बनाइन् भने पुजा महतोले १९ बिन्दु रावलले १४ र साना प्रविनले १० रन बनाइन्।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको थियो। हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाइन् भने मारिको हिलले २१ रन बनाइन् ।

त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २/२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक एक विकट लिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *