कास्कीमा भूकम्पको धक्का

कास्की। कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे गएको उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो।
हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment