ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

डिसी नेपाल
२७ फागुन २०८१ ९:४५

काठमाडौ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज मंगलबारदेखि सर्वसाधारणको लागि बिक्री खुला भएको छ । यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

यो सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *