कविता : पढेँ एम ए

पढेँ एम ए
भएँ पि ए
देखे जागिरे
भो बिहे
खान्छस् आइज
भनेर दिए
भिनाजु मन्त्री
सालो पि ए
डाक्टर बन
भन्ने थिए
न त इन्जिनियर बन्ने
सल्लाह लिएँ
भिनाजु मन्त्री नभए
खाडी जाने थिएँ
दिदीको कृपाले त
आफ्नो देशमै जिएँ
बिरोध गर्नेको
मुखै सिएँ
भिनाजुको निम्ति
ज्यानै दिएँ
भिनाजु जस्तै मोटाएँ
जनता खिए
युटुबेले भाइरल बनाउँदा
टेन्सनले साँझमा पिएँ
लस एन्जेलस
प्रतिक्रिया
Facebook Comment