सामाजिक संजाल एक्समा ठूलो साइबर आक्रमण

काठमाडौं । अर्बपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) सोमबार “ठूलो साइबर आक्रमण” को शिकार भएको बताएका छन्।
अमेरिका र बेलायत लगायत विश्वका धेरै भागहरूमा सेवा अवरुद्ध भएको गुनासो आएपछि मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने बताए।
“हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो,” मस्कले एक्समा एक पोस्टमा लेखे । उनले भने ‘यसमा या त ठूलो समूह वा देश संलग्न छ।’
प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौं गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो।
सोमबारको आउटेजको समयमा धेरै प्रयोगकर्ताहरूले प्लेटफर्म पहुँच गर्ने र यसको एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखिरहेका थिए।
Facebook Comment