हराएको १७ दिनपछि शिवपुरी जंगलमा मृत भेटिए महर्जन

डिसी नेपाल
२८ फागुन २०८१ ६:४३

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जंगलमा मृत भेटिएका छन्।

उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका-३ पाँचमानेस्थित शिवपुरी जंगलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारी प्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए। उनको शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको उनले बताए। मृत्युको कारण भने नखुलेको पनि उनले बताए।

यस्तै तार्केश्वर नगरपालिका-१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका-४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

उता काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा नयाँ पुलस्थित सडक किनारमा बिग्रिएर पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काभेटरमा आगलागी हुँदा जलेर क्षति भएको पनि प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *