सारंगीका निर्देशकले अर्को चलचित्रको छायांकन थाले,नेपालमै साउदी अरबको झल्को

काठमाडाैं। पूर्णबहादुरको सारंगीका निर्देशक तथा लेखक सरोज पौडेलको निर्देशन र त्यही चलचित्रका संगीतकार आशिष अबिरलको संगीत रहेके अर्को चलचित्र “ कोशेढुंगा” लाई नेपाली चलचित्र क्षेत्रमा ठूलै भुकम्प ल्याउने चलचित्रका रुपमा अपेक्षा गरिएको छ।
पूर्णबहादुरको सारंगी चलचित्रको ऐतिहासिक रेकर्ड तोड्न सक्ने चलचित्र बन्न लागेको भन्दै सामाजिक संजालमा कोशेढुंगा चलचित्रप्रति ठुलो अपेक्षा गरिएको छ। ८२ सालमा प्रदर्शन गर्न तयार गरिएको यो चलचित्रमा अहिले सम्मकै भब्य सेटमा १० दिन लगाएर पुरै साउदी अरब झल्किने क्लिपहरुको छायान्कन भैसकेको छ भने बाँकी छायान्कन स्यांगजामा भइरहेको छ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन्। फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन्।
सुरक्षा पन्त, आर्यन सिग्देल, निति शाह , सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, प्रेविल कडेल चलचित्रमा मुख्य कलाकारका रुपमा रहने छन्। बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र रिदम कँडेल र आषिश अविरलको संगीत रहने यो चलचित्रको अन्तराष्ट्रिय र डिजिटल राईट पहिलै सेभेन सिजले किनिसकेको छ।
चलचित्र पूर्णबहादुरको सारंगीमा बाबुले छोराकालागि गरेको त्याग र मायाको कथा भए झै यो चलचित्रमा श्रीमान प्रति श्रीमतीको त्याग तपश्या र समर्पणको कथा रहने नारी प्रधान चलचित्र रहने बुझिएको छ।
Facebook Comment