साफ यू–१९ च्याम्पियनसिपमा नेपाल भारत एकै समूहमा

डिसी नेपाल
२८ फागुन २०८१ ७:२६

काठमाडौं। साफ यू–१९ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ।

मंगलबार काठमाडौंमा सार्बजनिक गरिएको ड्र अनुसार समूह बीमा नेपाल र भारत एकै समूहमा परेका छन्। सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ए मा माल्दिभ्ससँगै भुटान र बंगलादेश रहेका छन् भने समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन्।

साफ यू–१९ च्याम्पियनसिप फुटबल भारतको अरुणान्नचल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म आयोजना हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *