चार देशीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध खेल्दै

डिसी नेपाल
२८ फागुन २०८१ ७:५५

काठमाडौं। नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाको सामना गर्दै छ।

नेपाली समय अनुसार यो खेल अपरान्ह १२: ४५ बजेदेखि शुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ। नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो। त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *