काठमाडौंसहित देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला

काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन्।
दैलेखको नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिका-५ सिस्ने टोलमा फर्निचर संचालन गर्दै आएका सोही नगरपालिका-५ खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रबि मुसर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
गुल्मीको मदाने गाउँपालिका-४ झार्कीसल्लास्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१८ भोईलस्थित कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment