झुन्डिएको अवस्थामा युवकको शव फेला

जनकपुर । जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका-१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बुधबार (आज) विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ।
प्रतिक्रिया
Facebook Comment