सबै मिलेर अवस्था परिवर्तनका लागि काम गरौँः महामन्त्री थापा

डिसी नेपाल
२८ फागुन २०८१ २३:२६

नवलपरासी। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्।

पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेस क्षेत्र नं २ (क) ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म भएका उपलब्धि र कमजोरीको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए। ‘हामी सबैले आ-आफ्ना कमजोरी र गल्तीलाई सुधार्ने हो। दशकौँको संघर्षपछि प्राप्त व्यवस्थाबाटै जनअपेक्षाअनुसार काम गर्ने थुप्रै सम्भावना छन् तर व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ। लामो संघर्षपछि आएको संविधानमा भएका विभिन्न व्यवस्थालाई सुधार्दै, हाम्रा कमजोरी केलाउँदै अगाडि बढ्नुपर्छ’, महामन्त्री थापाले भने।

उनले हाल जनता भड्काउने काम भइरहेको भन्दै त्यसलाई असल काम र आवश्यक संवादमार्फत रोक्नुपर्ने धारणा राखे। ‘हाल विविध कारणले रिसाएका नागरिकलाई थप भड्काउने प्रयत्न भइरहेको छ। कतिपय हाम्रै कारणले पनि त्यसमा मलजल पुगिरहेको छ। त्यसमा सचेत हुनैपर्छ। सुधारका लागि काम गर्नैपर्छ । नागरिकले सुशासन, विकास, हाम्रो राजनीतिक चालचलनबारे उठाइरहेका प्रश्नको सम्बोधन गर्नुपर्छ”, महामन्त्री थापाको भनाइ थियो।

उनले प्रदेशमा दुई/तीनवटा मन्त्री भए काम चल्ने अवस्थामा धेरै मन्त्री आवश्यक नरहेका र केन्द्रमा सरकार बदल्नेवित्तिकै प्रदेशको मुख्यमन्त्री फेर्ने काम रोक्न आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *