होली पर्व सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने

डिसी नेपाल
२९ फागुन २०८१ १७:१८

रौतहट । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकालदेखि हिन्दूहरूले मनाउने होली पर्व आज पहाड र हिमालमा मनाइँदै छ।

प्रत्येक वर्षको जस्तै होलिका दहन स्थानीय भाषामा (समत जलाएको) भोली पल्ट अर्थात तराई मधेशमा हिन्दू समुदायले होलि पर्व भोली मनाउने छन्। रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ती परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोली होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना जनशक्ती परिचालन गरी कमाण्ड पोष्ट राखिने छ।

त्यसैगरी दुईजना डिएस्पीको १४ जना जनशक्तिसहित दुईवटा अनुगमन टोली परिचालन गरिने एसपी घिमिरेले बताएका छन्। ३ जना इन्स्पेक्टरको कमाण्डमा ५२ जना प्रहरी सहित रिजर्व टोली,३ जना इन्स्पेक्टर सहित ५२ जनाको कियु आर टी,३ जना इन्स्पेक्टर सहित ३४ जना प्रहरीको छुट्टाछुट्टै ३ चेकिङ टोली परिचालन गरिने योजना रहेको छ। त्यस्तै ५२ जना प्रहरीको टोलीले ३ वटा मोबाइल गस्ती, ३२ जना प्रहरी द्धारा मोटरसाईकल गस्ती, ९ जना प्रहरी लाई विशेष सूचना संकलनका लागि सादापोशाकमा खटाइने योजना रहेको एसपी घिमिरेले बताएका छन्।

त्यस्तै २५ जना प्रहरीद्वारा पैदल गस्ती, १९० जना प्रहरीलाई पिकेट टोली र भोली बिहानैदेखि जिल्लाको विभिन्न स्थानमा ३६ जना ट्राफिक प्रहरी परिचालन गरिने योजना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *