होलीमा रमाए विदेशी पर्यटक

डिसी नेपाल
२९ फागुन २०८१ १७:२६

काठमाडौं। काठमाडौंको वसन्तपुर लगायत विभिन्न क्षेत्रमा विदेशी पर्यटकहरुले पनि आपसमा रंग लगाएर होली मनाएका छन्।

नेपालीसँग मिलेर विदेशी पर्यटकहरुले पनि काठमाडौंका वसन्तपुर र ठमेल लगायतका विभिन्न स्थानमा होली खेलेका हुन्। नेपाल घुम्न आएका पर्यटकहरुले स्थानीय युवा युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाएका हुन।

होलीको अवसरमा, विभिन्न सांस्कृतिक कार्यक्रम र मेलाहरू पनि आयोजना गरिएको छ। यस पर्वले नेपाली समाजमा आपसी मेलमिलाप र सद्भावको सन्देश दिने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *