पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित

डिसी नेपाल
२९ फागुन २०८१ १८:०१

काठमाडौं। जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ। बिहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको कर्णालीले ३७।१ ओभरमा अलआउट हुदै १३५ रन मात्र बनायो। कर्णालीका लागि प्रकाश जोशीले अविजित ५० रन बनाए भने विपिन रावलले २३ रन बनाए। त्यस्तै आर्मीका बलर शाहाब आलमले सर्वाधिक ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २(२ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको थियो। आर्मीका लागि ट्रीत राज दासले सर्वाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६ रन बनाएका थिए। त्यस्तै भिम सार्कीले ४० र बसिर अहमदले ३६ रन बनाए।  त्यसैगरी कर्णालीका प्रकाश जोशीले ४ र दिनेश अधिकारीले ३ विकेट लिए।

यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *