वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन्। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो।
फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए।
‘इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई सात दिनभित्र इजाजतपत्र लिइ जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देश गरिएको छ’, उनले भने, ‘अनुगमनका क्रममा अधिकांश मासु पसलले मूल्यसूची नराखेको भेट्टियो। केही मासु पसलका कारण वरिपरिको वातावरण प्रदूषित भएको पाइएको छ।’
Facebook Comment