चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

डिसी नेपाल
३० फागुन २०८१ ७:१८

काठमाडौं। नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध खेल्दै छ।

नेपाली समय अनुसार यो खेल अपरान्ह १२: ४५ बजेदेखि शुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ। नेपालले यस अघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो। त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *