पीएम कपमा आज दुई खेल हुँदै

डिसी नेपाल
३० फागुन २०८१ ७:२६

काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुँदै छन् ।

आज नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदै छ । जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४-४ अंक हासिल गरेका छन् ।

त्यस्तै आज अर्को खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *