संवाद कविता श्रृङ्खला-७

१.
“पर्खनोस
पर भिडमा हल्ल खल्ल छ त
होस गरेर हिड्नोस्
घर जाने बाटो फेर्नोस्
हुलमुलमा जिउ जोगाउनु
मार पिट हुन के बेर?”
“मार पिट त सुरु मै नै सक्यो
हुलमुलमा जिउ जोगाउनै पर्ला
घर जाने अर्कै बाटो खोज्छु
होस गरेर नै हिड्नु पर्ला
भिड त अनियन्त्रित भै नै सक्यो
गणतन्त्रवादी र राजावादी बीच झडप पो भो रे त।”
२.
“हेल्लो सिस्टर
ए.टी.एम को फर्म कता हो?
डकुमेन्ट सबै ल्या छु
त्यति आँखा देख्दिन हौ
लौ लौ नानी
पmर्म भर्न सहयोग गर्नोस न त।”
“फर्म आफैं भर्नु पर्छ
ए.टी.एम को फर्म यही हो पाउने
नगरिकता र फोटो छ के?
पmर्म भरी आठ नंं. मा जाने
प्राइभेट बैंकमा जस्तो हुन्न हजुर
क्mति जनाको फर्म भरी मैले साध्य गर्ने?”
३.
“हैन, दीर्घध्वज जी
मोवाइल त दह्रै बोक्नु भा छ त
कति पैसा हाल्नु भो हौ?
यसो हेर्न मिल्छ
एन्ड्रोइड हो कि आइ फोन हो हौ
ल्याउनु ल्याउनु यता”
“ए तुलसी बाजे
खै दह्रै त होला
मैले किन्या हैन
हेर्न त मिलि हाल्छ नि
आइ फोन साइ फोन म जान्दिन
फिनल्याण्डबाट नातिनीले मलाई पठाइदेकी।”
४.
“ओ, शिवराम जी
किन गजक्क हौ ?
अध्यक्ष भएँ भन्दैमा
हामीलाई नगन्नु भा हो त
हाम्रो भोटको बदनाम नहोस
जनताको काम गर्नोस् अग्नि साक्षी राखी”
“अरे हरेराम जी
व्यङग्य किन हान्नु पर्यो?
अध्यक्ष त के नै हो र?
तपाईंहरुकै सल्लाहमा चल्ने हो म त
हिजो अजा अलि व्यस्त छु हौ
गुट उपगुटको कुरा मिलाउँदै छु त।”
५. (फोन वार्ता)
“राजेन्द्र जी, नमस्कार
विद्यालय कस्तो चल्दै छ त?
निमार्णका काम सक्नु भयो?
पद पनि हस्तान्तरण गर्नु भए छ
युवाहरुलाई मात्रै छोड्दा
विद्यालय चल्छ के त?”
“ए हेडसर पो
विद्यालय ठिकै छ हौ
निमार्ण पनि लगभग टुङ्गिसक्यो
एउटैले मात्रै कति ओगट्ने
युवाहरुलाई मौका दिनै पर्यो
सल्लाहाकारको रुपमा रही सल्लाह दिँदै छु त।”
६. (फोन वार्ता)
“गायत्री काका
नमस्कार है मेरो
सहकारी कस्तो छ त?
धेरै खटि र नु भा छ
सहकारी डुबो भन्छन्
के सोच्नु भा छ?”
“ए प्रकाश सर पो
मेरो पनि नमस्कार है
जेनतेन सहकारी चल्दै छ त
आफैंले जन्माएको संस्था हो यो
अनि खटि रा छु
खराब ऋण कसरी उठाउने? त्यही सोचि रा छु।”
७. (फोन वार्ता)
“हेल्लो, रातोपाटी
को बोल्नु भा हो?
नमस्कार है मेरो
म मोरङबाट
प्रकाशचन्द्र खतिवडा
मेरो कविताको पालो कहिले पर्ने भो त?”
“ हेल्लो, रातोपाटी हजुर
म धु्रव सत्य परियार बोल्दै छु
मेरो पनि नमस्कार है
प्रकाशचन्द्रजी लाई
कविताहरु थुप्रै छन् के
आउने हप्ता तपाईंको पालो।”
८. (फोन वार्ता)
“हेल्लो श्यामकृष्ण जी अभिवादन
आराम विराम के छ हजुर ?
पत्रकारिता चल्दै छ त ?
तपाईं त यथार्थ लेख्ने मान्छे
अन्याय सहँदै सहनु हुन्न
पत्रकारको धर्म के हो? धर्म छाडन हुन्न”
“हेल्लो प्रकाश सर नमस्कार
विराम छैन आरामै छु भन्नुु पर्ला
पत्रकारिता गर्दै छु त
यर्थाथ लेख्नै पर्यो
अन्याय देखि सहन्नँ हौ
पत्रकारको धर्म हजुुर पीत पत्रकारिता गर्न हुन्न।”
९. (फोन वार्ता)
”ओ कोविद
फोन सोन पनि केही गर्दौ न त ?
सञ्चो विसञ्चो के छ हौ?
उदयपुरै हो कि भक्तपुर हो?
उद्योगको हालत कस्तो छ हौ?
सिमेन्ट बन्न चालू छ त ?”
“अरे प्रकाश दाइ
फोन फान गर्ने काम पनि खासै पर्दैन नै
सञ्चै छ नि हामीलाई
उदयपुरमै बस्छु म त
उद्योगको हालत खराब छ हौ
सिमेन्ट उद्योग बन्द छ नि ।”
१०. (फोन वार्ता)
“हेल्लो श्रीराम जी
लघुकथा पठाएको छु
हेर्नु भो कि नाई
कथा लेख्न सिक्दै छु हौ
प्रकाशन योग्य छ कि छैन ?
सकारात्मक सुझावको अपेक्षा
तपाईं सँग राखौ कि त ?”
“ओ प्रकाशचन्द्र जी
लघुकथा प्राप्त भयो
हेरी सके मैले
सिक्दै लेख्तै गर्ने नै हो
प्रकाशन योग्यै छ त
जानेको सुझाव दिउँला हजुर
लेखनलाई निरन्तरता दिनोस् न त।”
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
Facebook Comment