बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

डिसी नेपाल
३० फागुन २०८१ १३:३१

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता सम्मिलित संयन्त्रको बैठक आज साँझका लागि बोलाइएको हो। साँझ ५:३० बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *