अल खोलूउदमाथि अल नासरको शानदार जित

काठमाडौं। अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक ग्ल गरेका थिए। त्यस्तै अल खोलूदका कागी अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए।
यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सिमित भएको थियो।
यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै अल खोलूदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ।
प्रतिक्रिया
Facebook Comment