पूर्वविशिष्ट व्यक्तिका नाममा लुटतन्त्र बन्द गरौं : कांग्रेस नेता शाही

डिसी नेपाल
१ चैत २०८१ १६:१६

काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले पूर्वविशिष्ट व्यक्तिका नाममा दिइने सेवाका नाममा भइरहेको लुटतन्त्रलाई निस्तेज पारिनुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं कांग्रेस महासमिति सदस्य शाहीले पूर्वविशिष्ट व्यक्तिहरूलाई कानुन संशोधन गरेर सेवा बढाउने निर्णय गर्नु सरकारको गलत कदम भएको बताए।

उनले यस्ता गदमले लोकतन्त्र कमजोर हुने र राजनीतिक दलहरूप्रति जनताको विश्वास थप गुम्ने धारणा राखे। ‘लोकतन्त्र लुटतन्त्र बन्नु हुँदैन। जनताले तिरेको करमा शासकहरूलाई मस्ति गर्ने छुट छैन,’ उनले भने।

देशको अर्थ तन्त्र कमजोर रहेको र देशको युवा शक्ति विदेश पलायन भइरहेको जरजर अवस्थामा राजनीतिक पहुँचमा रहेका पूर्वविशिष्ट व्यक्तिको सुविधा बढाउने विषयको सबैले कडा प्रतिवाद गर्नुपर्ने शाहीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *