इस्कोन गण्डकीले मालढुंगामा त्रिदिवसीय गौरगण्डकी उत्सव गर्दै

श्याम गैरे
१ चैत २०८१ १६:२८

बागलुङ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) बागलुङ, म्याग्दी र पर्वत शाखाको संयुक्त आयोजनामा मालढुङ्गामा यी चैत्र १ गते भगवान श्री चैतन्य महाप्रभुको प्रकट उत्सवको पावन अवसरमा गौरगण्डकी उत्सव आयोजना गरेको छ।

भगवान श्री चैतन्य महाप्रभुले यस कलियुगको युगधर्म हरिनाम संकीर्तनको सुरुवात गर्नुभएको थियो। इस्वी सम्वत १४०७ फेब्रुअरी १८ तारिखका दिन मायापुरको नदियामा प्रकट हुनुभएका महाप्रभुलाई शास्त्रमा महाबदान्याय-परम कृपालु- अवतारको रूपमा पुष्टि गरिएको छ।

यही फागुन २८ गतेबाट सुरुवात भएको उक्त उत्सवको पहिलो दिन उद्घाटन समारोह, किर्तन मेला, गौरगण्डकी कथा, सांस्कृतिक प्रस्तुति, महाप्रसाद वितरण इत्यादि कार्यक्रम सम्पन्न भएका छन्।

उद्घाटन सत्रमा बोल्दै‌ इस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुत दासले भक्त अवतारको रूपमा प्रकट हुनुभएका भगवान चैतन्य महाप्रभु एकमात्र परम दयालु अवतार रहेको हुनाले गौरपूर्णिमा तीन दिन मनाइएको कुरा प्रष्ट पार्नुभयो।

चैत्र १ गते चैतन्य महाप्रभुको अभिभावक दिवसको अवसरमा नरसिंह यज्ञ, पुष्प होली, भगवानको महाभिषेक, किर्तन, सांस्कृतिक कार्यक्रमहरू, र मूल समारोह आयोजना गरिएको छ।

आयोजकले यस पावन अवसरमा सबैलाई उपस्थित भएर उक्त कार्यक्रमको लाभ लिन समेत आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *