प्रचण्डको सचिवालयद्वारा माओवादी सरकारमा जाँदैछ भन्ने हल्लाको खण्डन

डिसी नेपाल
१ चैत २०८१ १९:१४

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ।

सामाजिक सञ्जाल र केहि मिडियामा माओवादी केन्द्र सरकारमा जाँदैछ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो।

सचिवालयले भनेको छ- 

भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा गई जनतासंग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी (केन्द्र)को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ’ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाईएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *