गणतन्त्रपक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको माओवादी सांसदको दाबी

डिसी नेपाल
२ चैत २०८१ १३:३५

काठमाडाैं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्रपक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन्।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्रपक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन्।

यसका लागि प्रारम्भीक छलफल समेत सुरु भइसकेको उनले दावी गरे। दाहालले गणतन्त्रपक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे।

सांसद दाहालले अवको सहकार्य गणतन्त्र बिरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने बताए। उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *