राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक मंगलबार पनि बस्ने

डिसी नेपाल
२ चैत २०८१ २३:५३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको आजको बैठक सकिएको छ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा भएको थियो।

आगामी आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा आज छलफल हुन नपाएकोले ५ गते बैठक बसेर टुंगो लगाउने सहमति भएको सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *