म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागीः ५९ जनाको मृत्यु, १५५ घाइते

डिसी नेपाल
३ चैत २०८१ ६:५२

काठमाडाैं। उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा भएको आगलागीको घटनामा जिम्मेवार ठहरिएका १० जनालाई प्रहरीले नियन्णमा लिएको छ।

स्थानीय समयअनुसार आइतबार बिहान करिब २:३० बजे कोचानिमा रहेको पल्स क्लबमा लागेको आगोमा परी ५९ जनाको मृत्यु भएको छ। त्यस समय त्यहाँ देशको लोकप्रिय हिप-हप जोडी डिएनकेको कन्सर्ट हेर्न करिब पाँच सय जना मानिसहरू भेला भएका थिए।

त्यहाँको गृहमन्त्रालयका अनुसार आगोलागी घटनामा ब्याण्डका एक सदस्य मात्र जीवित रहेका छन्। सो आगलागीमा परी कन्सर्टमा भेला भएकामध्ये १५५ जना घाइते भएका छन्।

आगलागीका लागि जिम्मेवार ठानिएका १० जना संदिग्धहरूलाई केही समयका लागि थुनामा राख्ने आदेश जारी गरिएको छ। तीमध्ये कन्सर्ट आयोजनाका लागि अनुमति जारी गर्ने मन्त्रालयका अधिकारीहरू समेत रहेका छन्।

कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *