एमालेको सचिवालयको बैठक आज बस्दै

डिसी नेपाल
३ चैत २०८१ ७:३८

काठमाडौं। नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपरान्ह १ बजेदेखि शुरु हुने बताइएको छ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने बुझिएको छ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *