लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

डिसी नेपाल
३ चैत २०८१ ८:०६

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडको यस सिजनमा यो १०औं जित हो । २९ खेलमा ३७ अंक रहेको युनाइटेड हाल लिगमा १३औं स्थानमा रहेको छ ।

त्यस्तै लेस्टर सिटीको भने २९ खेलमा १७ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *