जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो नयाँ ‘एनटर्क रेस एक्सपी ब्ल्याक’ स्कुटर

डिसी नेपाल
३ चैत २०८१ १०:३३

काठमाडाैं। टिभिएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ। नेपालकै पहिलो १० पिएसभन्दा माथिको पावर भएको १२५ सिसी स्कुटर, एनटर्क रेस एक्सपी ब्ल्याकले पावर, स्टाइल र आधुनिक प्रविधिको रोमाञ्चक संयोजन प्रस्तुत गरेको छ।

स्कुटर पारखीहरूका लागि डिजाइन गरिएको यो स्कुटरले डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहितको विशेषता प्रस्तुत गरेको छ।

एनटर्क रेस एक्सपी ब्ल्याक सामान्यताको सिमाभन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको कम्पनीको भनाइ छ।

यसमा स्ट्रिट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन्। स्ट्रिट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन्।

त्यसैगरी, रेस मोडमा शून्य देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ।

एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ।
यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट एपको सहज इन्टरेक्सन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

‘केबल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ। रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ।’

एनटर्क रेस एक्सपी ब्ल्याकको सार्वजनिक घोषणासँगै जगदम्बा मोटर्सले नेपालका सडकहरूमा अत्याधुनिक नवीनता ल्याउने क्रमलाई निरन्तरता दिएको गुप्ताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *