कति छ आज सुनको मूल्य ?

डिसी नेपाल
३ चैत २०८१ १०:५९

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो। महासंघका अनुसार आज चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *