पूर्वराजाले जनता भड्काउने काम गरे, संविधान कार्यान्वयनको समीक्षा गरौं : सिटौला (भिडियो)

काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै सिटौलाले सरकारले स-सम्मान विदाई गरेको पूर्वराजा ज्ञानेन्द्रले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको र जनता भड्काउने काम गरेको बताएका हुन्।
उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नुनै उचित हुने जिकिर गरे। तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ग्यारेन्टी गरेको उनले स्मरण गरे।
उनले जनतासामू राजनीतिक खेलाडीको रुपमा मैदानमा आए भन्न सक्नुपर्ने तर राजा आउँछ भनेर जनतालाई भड्काउने काम गर्न नहुने बताए।
उनले यस बिषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको बताए। सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थाम आइपुग्दा सवै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अब संविधानको कार्यान्वयनको समीक्षाा गर्ने बेला भएको बताए।
उनले नयाँ संविधानमा रहेको मौलिक हकमा रहेका बिषयलाई प्रचलनमा ल्याउन सकेको छ वा छैन भन्ने बिषयमा पनि निर्मम समीक्षा गर्ने बेला भएको उल्लेख गरे। सिटौलाले जनताको आवश्यकताका आधारमा अब संविधान संशोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए।
Facebook Comment