युद्धबिराम बढाउने वार्ता विफल भएपछि गाजामा इजरायलको ठूलो आक्रमण, १३० को मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ। हमासको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा कम्तिमा १३० प्यालेस्टिनीको मृत्यु भएको बताएको छ।
यसअघि, इजरायल रक्षा बलले एक विज्ञप्तिमा भनेको आफूले हमासको “आतंकवादी लुक्ने ठाउँहरू” लाई लक्षित गरिरहेको बताएको थियो ।
गाजाका आन्तरिक मामिला उपमन्त्री तथा हमासका एक वरिष्ठ सैन्य कमाण्डर महमूद अबु वफाह पनि सोही आक्रमणमा मारिएको बताइएको छ।
जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो। प्रत्यक्षदर्शीहरूले गाजामा मानिसहरू खाना खाइरहेका बेला आक्रमण सुरु भएको बताएका छन्।
उनले भने ‘आकाशमा २० भन्दा बढी इजरायली लडाकु विमानहरू देखिए। चाँडै नै ती लडाकु विमानहरूले गाजा शहर, रफाह र खान युनिसमा आक्रमण गर्न थाले।’
इजरायली प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमणको आदेश दिएका थिए।
“हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,” विज्ञप्तिमा भनिएको छ।
Facebook Comment