आगलागीमा परी दुई बालबालिकाको मृत्यु, आठ घर खरानी

डिसी नेपाल
४ चैत २०८१ १४:३८

विराटनगर । मोरङमा आगलागीमा परी दुई बालबालिकाको ज्यान जानुका साथै आठ घर जलेर खरानी भएका छन्।

जिल्लाको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।

धनपालथान-६ कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीले ठूलो धनजनको क्षति गरेको हो। मृतक बालबालिकाको पहिचान खुल्न सकेको छैन। आगो नियन्त्रण प्रयास जारी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *