छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।
कैलालीको घोडाघोडी नगरपालिका-१० स्थित तुलसीपुर सामुदायिक वनको रतिपुर जाने बाटो नजिक जंगलमा सोही नगरपालिका-९ रतिपुर बस्ने ७० वर्षीय नौले बुढा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
चितवनको भरतपुर महानगरपालिका-१ देवघाटस्थित हनुमान मन्दिर नजिकै चौतारीमा अन्दाजी ६० वर्षीय पहिचान खुल्न नसकेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-२७ स्यालवासस्थित नारायणी नदीको टापुमा सोही महानगरपालिका-२७ बलुवाघाट बस्ने ५२ वर्षीय धन बहादुर थनेत मंगलबार मृत अवस्थामा फेला परेका छन्।
काभ्रेको भुम्लु गाउँपालिका-१० सुनकोशी नदीमा पाँचखाल नगरपालिका-९ नागबेली बस्ने ७३ वर्षीय कविराज मैनाली मंगलबार मृत अवस्थामा फेला परेका छन्।
दार्चुलाको नौगाड गाउँपालिका-२ सुण्डमुण्ड बस्ने ५५ वर्षीय नर बहादुर ठगुन्ना घर नजिकै भैँसी मेला भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment