कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

डिसी नेपाल
४ चैत २०८१ १८:५०

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। बैठकमा राजावादीको प्रदर्शनका बिषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्णरुपमा क्रियाशील हुने निष्कर्ष निकालेको उनले बताए।

प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने बिषयमा कुनै छलफल नरहेको जिकिर गरे। अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उनले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए।

उनले समाजवादी मोर्चाले आह्वान गरेपनि कांग्रेस प्रदर्शनमा सहभागी नहुने तर गणतन्त्रको रक्षाका लागि मोर्चाले गरेको निर्णय ठीक रहेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *